‘नेपालका लागि डिजिटल रूपान्तरण अनिवार्य’ : सञ्चार मन्त्री खरेल

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०८२, २१ : ५१
‘नेपालका लागि डिजिटल रूपान्तरण अनिवार्य’ : सञ्चार मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुकमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका साथै समुन्नत नेपाल निर्माणका लागि डिजिटल रूपान्तरण अनिवार्य भएको बताएका छन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय एआई केन्द्र तथा एसियाली विकास बैंक (एडिबी)को संयुक्त आयोजनामा आज आयोजित नेपाल एआई संवाद शृङ्खलाको उद्घाटन गर्दै मन्त्री खरेलले नेपालले ‘डिजिटल हाइवे’ निर्माणलाई अगाडि बढाइरहेको सन्दर्भमा एआईसम्बन्धी बहस एआई नीति कार्यान्वयनका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले भने, “आजको राष्ट्रिय एआई नीति संवाद केवल नीति निर्माणको विषय मात्र होइन, यो सम्भावनाको प्रतीक हो, जहाँ प्रविधि, शासन प्रणाली र नयाँ पुस्ताका आकांक्षाहरू एकापसमा भेटिन्छन् ।”

प्रतिक्रिया दिनुहोस