सञ्चार मन्त्री खरेलले भने : ‘सरकार अनलाइन मिडियासँग सहकार्य गर्न तयार छ’

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०८२, १८ : ०१
सञ्चार मन्त्री खरेलले भने : ‘सरकार अनलाइन मिडियासँग सहकार्य गर्न तयार छ’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् ।

मन्त्रालयमा आइतबार आयोजित छलफल कार्यक्रममा उनले सरकारले नीतिगत रूपमा सुधार गरेर नै अनलाइन टिभी मिडियाहरूसँग सरकारले सहकार्य गर्ने बताएका हुन् । उनले अनलाइन टिभी मिडिया न्यू मेन स्ट्रिम मिडिया भएको पनि बताए । 

उनले न्यू मेन स्ट्रिम मिडियाले देश र जनताको लागि ठुलो सहयोग गरेको पनि बताए । न्यू मेन स्ट्रिम मिडियालाई दर्ता प्रक्रियामा सहजीकरण, लोककल्याणकारी विज्ञापन, नवीकरणमा सहजीकरण, तालिम, पुरस्कारलगायतका व्यवस्था सरकारले गर्ने उनको भनाइ छ ।

उनले नयाँ प्रविधि र अवधारणसहित सञ्चालनमा आएका युट्युब च्यानल, अनलाइन टेलिभिजनलाई सरकारले पनि सहयोग गर्न आवश्यक नीति बनाउन लागेको पनि जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस