‘नेतृत्व चयन गर्ने कि नगर्ने महाधिवेशनको हलले निर्धारण गर्छ’: प्रदीप पौडेल

सफल खबर संवाददाता

शुक्रबार, २५ पुस २०८२, २० : ०६
‘नेतृत्व चयन गर्ने कि नगर्ने महाधिवेशनको हलले निर्धारण गर्छ’: प्रदीप पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विशेष महाधिवेशनले नेतृत्व चयन गर्ने कि नगर्ने भन्ने कुरा महाधिवेशनले तय गर्ने कार्यविधि र प्रक्रियाले निर्धारण गर्ने बताएका छन् । तर, उनले विशेष महाधिवेशनले पार्टी विभाजन नगर्ने बताए । 

‘बहुमतले पार्टी विभाजन गर्ने होइन । बहुमतले नेतृत्व बदल्ने हो, नेतृत्व बदलियो भने निर्वाचन आयोगमा गएर अद्यावधिक गर्ने हो, पार्टी विभाजन गर्ने होइन,’ उनले कान्तिपुरसँगको कुराकानीमा भने,‘विशेष महाधिवेशनले परिवर्तनको सन्देश दिन्छ । यी सबै कुरा प्रक्रियामा आधारित हुन्छन् । प्रक्रियामा आधारित भएर अघि बढेपछि विभाजित हुने सम्भावना हुन्न ।’

उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णयले पार्टीको विधान मिच्ने काम गरेको भन्दै त्यसलाई समेत विशेष महाधिवेशनबाट सच्चाइने बताए ।

केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको मागलाई नजरअन्दाज गर्दा नै आजको परिणाम आएको पौडेलको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस