काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विशेष महाधिवेशनले नेतृत्व चयन गर्ने कि नगर्ने भन्ने कुरा महाधिवेशनले तय गर्ने कार्यविधि र प्रक्रियाले निर्धारण गर्ने बताएका छन् । तर, उनले विशेष महाधिवेशनले पार्टी विभाजन नगर्ने बताए ।
‘बहुमतले पार्टी विभाजन गर्ने होइन । बहुमतले नेतृत्व बदल्ने हो, नेतृत्व बदलियो भने निर्वाचन आयोगमा गएर अद्यावधिक गर्ने हो, पार्टी विभाजन गर्ने होइन,’ उनले कान्तिपुरसँगको कुराकानीमा भने,‘विशेष महाधिवेशनले परिवर्तनको सन्देश दिन्छ । यी सबै कुरा प्रक्रियामा आधारित हुन्छन् । प्रक्रियामा आधारित भएर अघि बढेपछि विभाजित हुने सम्भावना हुन्न ।’
उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णयले पार्टीको विधान मिच्ने काम गरेको भन्दै त्यसलाई समेत विशेष महाधिवेशनबाट सच्चाइने बताए ।
केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको मागलाई नजरअन्दाज गर्दा नै आजको परिणाम आएको पौडेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०८२, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री
आर्थिक नीतिमा निजी क्षेत्रप्रति नकारात्मक भाष्य परित्याग गर्नुपर्नेमा प्रदीप पौडेलको जोड