काठमाडौँ । धनुषा र वीरगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएपछि गृह मन्त्रालयले धार्मिक सहिष्णुता कायम राख्न भन्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई सर्कुलर जारी गरेको छ ।
७७ वटै जिल्लाका सीडीओहरुलाई मंगलबार १० बुँदे सर्कुलर जारी गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयले जनाएको छ ।
गृह मन्त्रालयकी उपसचिव रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनात्मक सर्कुलरमा सीडीओहरुलाई गैरकानुनी क्रियाकलापमा संलग्न जोसुकैलाई अविलम्ब कानुनी दायरामा ल्याउन भनिएको छ ।
धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव र सहिष्णुता प्रवर्द्धन गर्न सरोकारवालासहितको समन्वय बैठक गर्न भनिएको छ । समन्वयका लागी जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरू, सामाजिक, सांस्कृतिक एवम् धार्मिक क्षेत्रका अगुवाहरूलाई सद्भावका लागि सार्वजनिक आव्हान गर्न निर्देशन गरिएको छ ।
सद्भाव र्याली आयोजना गरी गर्न र सीमा क्षेत्रमा कडा चेकजाँच गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ ।स्थानीय सञ्चार माध्यमबाट स्थानीय भाषामा सामाजिक सद्भाव बढाउने खालका कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउन सीडीओहरुलाई भनिएको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात–सदस्सीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गर्न भनिएको छ ।
यस्तै, विगतका वर्षहरूमा घटनाहरूको अभिलेखको आधारमा विवाद हुन सक्ने सम्भावित कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर तयार गर्ने गर्न पनि सर्कुलर गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०८२, ०६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक