काठमाडौँ । धनुषा र वीरगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएपछि गृह मन्त्रालयले धार्मिक सहिष्णुता कायम राख्न भन्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई सर्कुलर जारी गरेको छ ।
७७ वटै जिल्लाका सीडीओहरुलाई मंगलबार १० बुँदे सर्कुलर जारी गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयले जनाएको छ ।
गृह मन्त्रालयकी उपसचिव रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनात्मक सर्कुलरमा सीडीओहरुलाई गैरकानुनी क्रियाकलापमा संलग्न जोसुकैलाई अविलम्ब कानुनी दायरामा ल्याउन भनिएको छ ।
धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव र सहिष्णुता प्रवर्द्धन गर्न सरोकारवालासहितको समन्वय बैठक गर्न भनिएको छ । समन्वयका लागी जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरू, सामाजिक, सांस्कृतिक एवम् धार्मिक क्षेत्रका अगुवाहरूलाई सद्भावका लागि सार्वजनिक आव्हान गर्न निर्देशन गरिएको छ ।
सद्भाव र्याली आयोजना गरी गर्न र सीमा क्षेत्रमा कडा चेकजाँच गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ ।स्थानीय सञ्चार माध्यमबाट स्थानीय भाषामा सामाजिक सद्भाव बढाउने खालका कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउन सीडीओहरुलाई भनिएको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात–सदस्सीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गर्न भनिएको छ ।
यस्तै, विगतका वर्षहरूमा घटनाहरूको अभिलेखको आधारमा विवाद हुन सक्ने सम्भावित कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर तयार गर्ने गर्न पनि सर्कुलर गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०८२, ०६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन