काठमाडौँ । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का तथा काठमाडौँ उपत्यका नछाड्न दिएको निर्देशन फुकुवा गरेको छ।
आयोगले आज २०८२ पुस २१ गते सोमबार बसेको बैठकबाट उक्त निर्णय गरेको हो। आयोगद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, भदौ २३ र २४ गते भएका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री ओलीलाई यसअघि विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था गरिएको थियो ।
तर घटनासम्बन्धी अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री ओलीसँग सोधपुछ लगायतका आवश्यक प्रक्रिया सम्पन्न भइसकेकाले विदेश भ्रमण तथा उपत्यका नछाड्ने निर्णयको औचित्य समाप्त भएको ठहर गर्दै आयोगले उक्त प्रतिबन्ध फुकुवा गरेको जनाएको छ।
आयोगले सम्बन्धित निकाय तथा स्वयं पूर्वप्रधानमन्त्री ओलीलाई यस निर्णयबारे जानकारी दिइसकेको समेत उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ पुस २०८२, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी