२३-२४ भदौको घटनाबारे मानव अधिकार आयोगले लियो ओलीको बयान

सफल खबर संवाददाता

आइतबार, २० पुस २०८२, १९ : ५७
२३-२४ भदौको घटनाबारे मानव अधिकार आयोगले लियो ओलीको बयान

काठमाडौँ । मानव अधिकार आयोगले २३-२४ भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ ।

आयोगले २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा अलग्गै छानबिन गरिरहेको छ । आयोगले हालसम्म १४६ जनासँग बयान लिएको छ ।

आयोगले चार वटा विषयमा विभाजन गरेर छानबिन गरिरहेको छ । ७ पुसमा आयोगमा पुगेर काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले पनि २३ र २४ भदौका विषयमा बयान दिएका थिए ।