काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ ।
आयोगले तोकेको समय सीमाभित्र बन्द सूची बुझाए पनि त्यसलाई सच्याउने मौका भएकाले उनीहरू सच्याउन लागेका हुन् ।
नेकपा नेता शक्ति बस्नेतले १७ घटकबाट सिफारिस भएका व्यक्तिलाई निर्वाचन आयोगको सुझावमार्फत सच्याउने बताए । ‘निर्वाचन आयोगले भनेअनुसार कुनै उम्मेदवारमा केही त्रुटि भए हामी सच्याउँछौँ,’ उनले भने, ‘कानुनी रूपमा त्रुटि भेटिए केही नाम फेरिन सक्छन् । नाम सच्याउने अझै समय छ । हामी गृहकार्यमै छौँ ।’ उनले विगतमा अवसर पाएका व्यक्तिलाई नदोहोर्याउने नीतिले समानुपातिक उम्मेदवार छान्दा विवाद नभएको दाबी गरेका छन्।
‘आकांक्षी धेरे भएको ठाउँमा केही असन्तुष्टि हुन सक्छ । धेरै व्यक्तिका चाहना हुन सक्छन्,’ उनले भने, ‘नदोहोर्याउने नीतिले आगामी दिनमा पालोमा बसेका साथीहरू पनि ढुक्क भए । हामीले सूची मिलाएरै दिएका छौ ।’ उनले सूचीमा भएका केही नाम फेरबदल हुन सक्ने बताए ।
निर्वाचन आयोगले सूची सुधारका लागि दिएको समयभित्र परिवर्तन गर्ने भन्दै नेताहरू रक्षात्मक बनेका छन् । तर, दर्ता गरिसकिएको समानुपातिक बन्द सूचीमा व्यापक हेरफेर गर्न नसकिने, समावेशिताको सुनिश्चितता गर्न मात्रै दलहरूलाई केही दिन उपलब्ध गराइएको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०८२, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद्को अभिलेखबाट हटाउन माग
जगदीश खरेलको अभिव्यक्तिमाथि नेकपाको नियमापत्ति
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
नियमावलीले प्रधानमन्त्रीलाई पनि संसद्प्रति जवाफदेही बनाउनुपर्छ: नेकपा