धरान । सुनसरीमा शितलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
शीतलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् । स्थानीय तहले यही पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा बिदा दिएका छन् ।
इटहरी उपमहानगरपालिकाले मीन पचास बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ । उपमहानगरका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगरारामधुनी, दुहवीलगायत सुनसरीका सबै विद्यालयहरु सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय दिइएको जनाइएका छन् ।
स्थानीय तहहरूले बालबालिकालाई घरमै न्यानो अवस्थामा राख्न अभिभावकलाई आग्रह गरेका छन् । चिसो बढेपछि आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन