काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।
तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उनले सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गरेकी हुन् ।
उनले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, “यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् । सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ पुस २०८२, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
आलोचनाको मूल्य जेल : 'लोकतन्त्रको ऐनामा सरकारको अनुहार'
प्रधानमन्त्रीले निजी क्षेत्रलाई के भने ?
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री