काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नयाँबसपार्कको टोलीले टोखा नगरपालिका–९ मङ्गल टोलमा रहेको एउटा घरबाट लागुऔषध खैरो हिरोइन र नगदसहित कालीकोट नरहरिनाथ गाउँपालिका–२ का २४ वर्षीय धनबहादुर विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गोङ्गबुको एक घरमा लागुऔषध कारोबार गरिरहेको अवस्थामा विष्टलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनका अनुसार निजसँगबाट खैरो हिरोइन ४५ दशमलव १८ ग्राम, विभिन्न कम्पनीका मोबाइल सात थान, नगद रु ३५ हजार, डिजिटल तराजु एक थान बरामद गरिएको छ ।
पक्राउ परेका विष्टलाई प्रहरीले जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ पुस २०८२, ०६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषध सहित सात जना पक्राउ
नागढुंगामा लागुऔषध नियन्त्रण अभियान, यात्रुवाहक बसबाट एक व्यक्ति पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ