काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले नेकपा एमालेसँग एकता गर्न लागेपछि नेताहरू बिच्किएका छन् ।
मधेसवादी दलसँग एकता गर्ने कि कम्युनिस्ट पार्टीसँग एकता गर्ने विषयमा नेताहरू दुई धारमा विभाजित छन् । यहीकारण अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुट्न लागेको हो।
गत वैशाखमा अशोक राई र उपेन्द्र यादवबीच टकराव हुँदा जसपा नेपाल फुटेर अशोक राईले जनता समाजवादी पार्टी बनाएका थिए।
तर अहिले एमालेसँग राई पक्ष निरन्तर संवादमा छ। जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानसँग पनि राई सम्पर्कमा छन् । तर निकटहरूका अनुसार राई एमालेमा फर्किने तयारीमा छन्।
‘अशोक राईको जसपा हाम्रोमा फर्किने तयारीमा हुनुहुन्छ’, एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले भने, ‘उहाँहरूसँग छलफल भइरहेको छ।’
राई पक्षले एमालेमा फर्किने निर्णयमा पुग्दा मधेस पृष्ठभूमिका नेताहरू पुरानो पार्टी जसपा नेपालमा फर्किने तयारीमा रहेको बुझिएको छ ।
आइतबार साँझ उपेन्द्र यादवको जनता समाजवादी पार्टी र महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी एकीकरण गरेपछि नेताहरू त्यसमै फर्किन लागेका हुन्।
दुई पार्टीको एकतापछि जसपामा फर्किन तयार प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महातो लगायतका नेताहरू रहेका छन्।
उनीहरू मधेसीरका जिल्लामा सभा गरेर जनता समाजवादी पार्टी र लोसपाको एकीकरणसँगै पुरानो पार्टीमा फर्किने तयारीमा रहेको जसपा नेपालका नेता बताउछ्न ।
रेणुको सचिवालयले दिएको जानकारी अनुसार बहुमत नेताहरू पार्टी एकीकरणको अभियानमा छन्।
केही समय अगाडि खबरहबसँगको कुराकानीमा नेता प्रदीप यादवले मधेसी दल र शक्तिहरूलाई बिथोल्ने एकतामा आफू सरिक नहुने बताएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०८२, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्रै चेपुवामा अशोक राई, को सँग गर्लान् एकता ?
अशोक राई र राजेन्द्र महतोको दलले एकताउन्मुख सहकार्य गर्ने
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश