काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी वीचमा एकताउन्मुख कार्यगत एकता हुने भएको छ ।
कार्यगत एकताको घोषणा बिहीबार कार्यक्रम गरिने भएको छ । राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले पार्टी एकता गर्ने गरी एकताउन्मुख सहकार्य गर्न लागेको जानकारी गराए । ‘दुई पार्टीबीच एकता हुन्छ । अहिले एकतान्मुख कार्यगत एकता घोषणा गर्न लागेका हौं ।’
राईले जसपा नेपालबाट पार्टी विभाजन गरेर जसपा गठन गरेका थिए । राईको नेतृत्वको दल जसपा मधेस केन्द्रीत सात दलको मोर्चामा सहभागी छैन । राष्ट्रिय मुक्ति पार्टी भने संघीय लोकतान्त्रिक मोर्चामा सहभागी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०८२, १८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश