काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई संकटबाट निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताएका छन्।
सोमबार बिहान बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई सफल बनाएर मुलुकलाई संकटबाट निकास दिनुपर्नेमा जोड दिए।
‘पूर्वनिर्धारित मितिमा निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे अब सोच्न हुँदैन,’ प्रचण्डले भने, ‘देशलाई निकास दिने अब निर्वाचनमात्रै सबभन्दा राम्रो विकल्प हो। अन्य विकल्पतिर सोच्न थालियो भने देश अर्को दुर्घटनामा पर्छ।’
प्रचण्डले निर्वाचनमा सबै दल सहभागी हुने वातावरण बन्दै गएको बताए। समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी गर्दा आफूलाई खुसी लागेको उनको भनाई थियो।
प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषय राज्यको दायित्वभित्र पर्ने भन्दै शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्नेमा पनि जोड दिए। जेनजीहरूमा राजनीतिप्रति रुचि बढ्दै जानु सकारात्मक पक्ष भएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०८२, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार