काठमाडौ । राजनीतिक दलहरुले प्रतिनिधिसभाको समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदै छन् । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि आयोगले हिजो र आज (पुस १३ र १४ गते) समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाउने कार्यतालिका बनाएको थियो ।
सोही तालिकाअनुसार आज प्रमुख राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन् । कांग्रेसले आफनो पार्टीभित्र अप्ठ्यारो अवस्था रहेको भन्दै ५ दिन समय थप गर्न माग गरेपनि आयोगले नमानेपछि आज निर्वाचनमा भाग लिने सबै दलले सूची बुझाउन लागेका हुन् ।
दलहरुले प्रर्याप्त छलफल बिना नै नेताहरुका अनुकुल हुने गरी त्यस्तो सूची तयार पार्न थालिएको छ । केही पार्टीमा भने असन्तुष्टिका स्वर पनि सुनिन थालेको छ ।
विगतमा जस्तै समानुपातिक बन्दसूचीमा प्रमुख दलहरुले पार्टीका हेभिवेट नेताहरुलाई प्राथमिकतामा राखेको छ । दलहरुले प्रर्याप्त छलफल बिना नै नेताहरुका अनुकुल हुने गरी त्यस्तो सूची तयार पार्न थालिएको छ । केही पार्टीमा भने असन्तुष्टिका स्वर पनि सुनिन थालेको छ ।
तीन दलले भने आइतबार नै सूची निर्वाचन आयोगमा बुझाईसकेका छन् । राष्ट्रिय जनमोर्चाले अध्यक्ष चित्रवहादुर केसीको नाम समानुपातिक सूचीको पहिलो नम्बरमा नाम राखेर निर्वाचन आयोगमा बुझाएको छ ।
उनी यस अघि बाग्लुङ २ बाट प्रत्यक्ष निर्वाचित सांसद थिए । यसपटक उनको नाम जनमोर्चाले समानुपातिक तर्फ पहिलो नम्बरमा राखेर आयोगमा बुझाएको छ । केही समय यता परिवारको स्वास्थ्य समस्याका कारण रुपन्देहीस्थित घरमा बस्दै आएका केसीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि रश्मीराज नेपालीलाई दिएका छन्। उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका रश्मीराज नेपाली पनि समानुपातिक तर्फको बन्दसूचीमा नै बसेका छन् ।
नेकपा एमालेले पार्टी सचिव पद्मा अर्यालसहित हेभिवेट नेतालाई समानुपातिक बन्दसूचीमा राखेको छ । अध्यक्ष केपी ओलीले सचिव अर्याललाई महिला तर्फको पहिलो नम्बरमा र उनले सुवास नेम्वाङको निधन पछि पार्टी उपाध्यक्ष बनाएका र पुस पहिलो साता सम्पन्न एमालेको एघारौं महाधिवेशनमा उपाध्यक्षमै प्रतिस्पर्धा गरेपनि पराजित भएका गुरु बराललाई पनि खुल्ला तर्फको पहिलो नम्बरमा राखेर बन्दसूची तयार पारेको छ ।
एमालेका दुई पदाधिकारी उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका इश्वर पोखरेललाई बन्दसूचीको पहिलो नम्बरमा नाम समावेश गर्न आइतबारको बैठकमा माग गरेपनि ओलीले त्यस्तो प्रस्ताव भने स्वीकार गरिसकेका छैनन ।
कांग्रेसमा कोषाध्यक्ष उमेश श्रेष्ठ समानुपातिक सूचीमा पर्ने लगभग सम्भाबना बढेको छ । यधपी कांग्रेसले आज मात्र यसबारेमा अन्तिम टुंगो लगाउने तयारी गरेको छ । कांग्रेसमा १४ जना पदाधिकारी छन्। कोषाध्यक्ष श्रेष्ठको नाम चितवनबाट समानुपातिकमा सिफारिस भएर आएको छ । उनले समानुपातिकमा बस्ने रुची देखाएकै कारण सिफारिस भएर आएको र उनलाई देउवाले समानुपातिक तर्फ जनजाती क्लष्टरमा पहिलो नम्बरमा राखेर बुझाउने गरी तयारी भएको कांग्रेस स्रोतले बताएको छ ।
नेपाली कम्युनिट पार्टीमा बेदुराम भुषालले समानुपातिकमा रुची देखाएका छन् । भुषाल यस अघि राष्ट्रिय सभा सदस्य थिए । उनलाई माधव नेपालको जोडबलमा समानुपातिक सूचीमा राख्न खोजिएको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालका बीचमा जिल्ला प्रदेशकाट आएका सिफारिसलाई ध्यानमा राखेर र पार्टी एकताको मर्मलाई पनि मध्यनजर गरेर समानुपातिक सूची बनाउने तयारीमा नेकपा रहेको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सहमहामन्त्री विपिन आचार्य लगायतलाई समानुपातिक सूचीमा समेटन लागेको छ । रवि लामिछानेका खास सहयोगीका रुपमा आचार्य चिनिन्छिन् । उनी आफैले रास्वपाको समानुपातिक सूचीमा रहेकाहरुको छनौट मापदण्ड बनाउने, प्रश्नपत्रहरु तयार पार्ने लगायतका जिम्मेवारीको काम गरेका थिए ।
आचार्यलाई यसपटक लामिछानेले समानुपातिक तर्फबाट सांसद बनाउने बचन दिएका छन् । कोषाध्यक्ष लिमा अधिकारी पनि रास्वपाको समानुपातिक सूचीमा पर्नेछिन् ।राजनीतिक दलहरूले समानुपातिक सूचीमा दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, खस आर्य ३१.२ प्रतिशत, मधेशी १५.३ प्रतिशत, थारू ६.६ प्रतिशत र मुस्लिम ४.४ प्रतिशत समेट्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०८२, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण प्रक्रिया प्रारम्भ
समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने
समानुपातिकमा दलहरुले छानेका यी हुन् ११० सांसद (नामसहित)
समानुपातिकतर्फ एक करोड सात लाख ३० हजार मत गणना, कुन दलले कति मत पाए ?
यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्