काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने बताएका छन् ।
‘अहिले चुनावको माहोल छ । धेरैले धेरै खालका कुरा गरिरहेका छन् । जसलाई जोसँग मिल्नुछ, मिल्दा हुन्छ । श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन,’ उनले भनेका छन्, ‘श्रम संस्कृति पार्टीले मिसावट विनाको राजनीतिक गर्छ । यो देशको ढुंगाको, माटोको राजनीति गर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि उनको प्रतिक्रिया आएको हो । उनले आफ्नो पार्टीले स्वदेशी विचारको राजनीति गर्ने जिकिर गर्दै भनेका छन्, ‘श्रम संस्कृति पार्टीले देशको स्वदेशी विचार, मौलिक पनको राजनीति गर्छ ।’
उनले कसैसँग एकता गर्छ कि भनेर नअलमलिन कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरेका छन् । ‘धेरैले यस्तोसँग मिल्छ कि उस्तोसँग मिल्छ कि भनेर अडकल गरिरहेका छन् । जो जोसँग मिले पनि हुन्छ । हामी कसैसँग मिल्दैनौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे यस्तो विज्ञप्ति
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री संसद्प्रति जबाफदेही हुनुपर्छ कि पर्दैन ?
लिपुलेक नाकासम्बन्धी सरकारको मौनतामाथि हर्क साम्पाङको प्रश्न
सुकुम्वासीको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु हो: हर्क साम्पाङ
‘हर्क साम्पाङसँग एकता सम्भावनाबारे छलफल जारी’ : कुलमान घिसिङ
सरकारलाई हर्क साम्पाङको खुला पत्र: "काम गर्न नसके मार्ग प्रशस्त गर"