काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने बताएका छन् ।
‘अहिले चुनावको माहोल छ । धेरैले धेरै खालका कुरा गरिरहेका छन् । जसलाई जोसँग मिल्नुछ, मिल्दा हुन्छ । श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन,’ उनले भनेका छन्, ‘श्रम संस्कृति पार्टीले मिसावट विनाको राजनीतिक गर्छ । यो देशको ढुंगाको, माटोको राजनीति गर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि उनको प्रतिक्रिया आएको हो । उनले आफ्नो पार्टीले स्वदेशी विचारको राजनीति गर्ने जिकिर गर्दै भनेका छन्, ‘श्रम संस्कृति पार्टीले देशको स्वदेशी विचार, मौलिक पनको राजनीति गर्छ ।’
उनले कसैसँग एकता गर्छ कि भनेर नअलमलिन कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरेका छन् । ‘धेरैले यस्तोसँग मिल्छ कि उस्तोसँग मिल्छ कि भनेर अडकल गरिरहेका छन् । जो जोसँग मिले पनि हुन्छ । हामी कसैसँग मिल्दैनौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनलाई प्रधानमन्त्री बनाउने सहमतिलाई हर्क साम्पाङले यसरी हाँसोमा उडाए
हर्क साम्पाङको पार्टीले पायो आधिकारिकता
हर्क साम्पाङले दल दर्ताका लागि गरे सनाखत
हर्क साम्पाङले मागे सुशीला कार्कीको राजीनामा
धरान पुगेर रोए हर्क साम्पाङ
हर्क साम्पाङले बोलाएको कार्यपालिका बैठक आज बस्दै