काठमाडौ । रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीचको सहमतिलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हाँसोमा उडाएका छन् ।
आइतबार बिहान रास्वपाका सभापति रवि लामिछाने र बालेनबीच बालेनलाई निर्वाचनपछि प्रधानमन्त्री बनाउनेसहितको ७ बुँदे सहमति भएको थियो ।
उक्त सहमतिप्रति टिप्पणी गर्दै धरान उपमहानगरपालिका मेयर समेत रहेका साम्पाङले जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेको बताएका छन् । यतिमात्रै होइन उनले विदेशीको इसारामा एकताको सहमति भएको गम्भीर आरोप समेत लगाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाहा.. जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ! .... सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको पार्टीले पायो आधिकारिकता
हर्क साम्पाङले दल दर्ताका लागि गरे सनाखत
हर्क साम्पाङले मागे सुशीला कार्कीको राजीनामा
धरान पुगेर रोए हर्क साम्पाङ
हर्क साम्पाङले बोलाएको कार्यपालिका बैठक आज बस्दै
धराने जनतालाई बीमाबाट वञ्चित नगर्न आग्रह गर्दै बीमा बोर्डलाई हर्क साम्पाङको पत्र