काठमाडौ । रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीचको सहमतिलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हाँसोमा उडाएका छन् ।
आइतबार बिहान रास्वपाका सभापति रवि लामिछाने र बालेनबीच बालेनलाई निर्वाचनपछि प्रधानमन्त्री बनाउनेसहितको ७ बुँदे सहमति भएको थियो ।
उक्त सहमतिप्रति टिप्पणी गर्दै धरान उपमहानगरपालिका मेयर समेत रहेका साम्पाङले जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेको बताएका छन् । यतिमात्रै होइन उनले विदेशीको इसारामा एकताको सहमति भएको गम्भीर आरोप समेत लगाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाहा.. जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ! .... सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे यस्तो विज्ञप्ति
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री संसद्प्रति जबाफदेही हुनुपर्छ कि पर्दैन ?
लिपुलेक नाकासम्बन्धी सरकारको मौनतामाथि हर्क साम्पाङको प्रश्न
सुकुम्वासीको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु हो: हर्क साम्पाङ
‘हर्क साम्पाङसँग एकता सम्भावनाबारे छलफल जारी’ : कुलमान घिसिङ
सरकारलाई हर्क साम्पाङको खुला पत्र: "काम गर्न नसके मार्ग प्रशस्त गर"