बल्छी धुर्बेले आफ्नै गायनमा ल्याए ‘गोबर गणेश’ को शीर्ष गीत

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०८२, ११ : १५
बल्छी धुर्बेले आफ्नै गायनमा ल्याए ‘गोबर गणेश’ को शीर्ष गीत

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को शीर्ष भूमिका रहेको फिल्म ‘गोबर गणेश’ को शीर्ष गीत युट्युबमा सार्वजनिक भएको छ । बाबुल गिरीको संगीत रहेको गीतमा मरिचमान स्वयमले आवाज दिएका छन् । क्याची गीतले कथाको मुड दर्शाउने प्रयास गरेको छ ।

यो कमेडी कथावस्तुको फिल्मको यो गीतले दर्शकलाई मनोरञ्जन दिनेश निर्माताको विश्वास छ । गीतले सबै कुरामा पूर्ण रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको भन्दै कटाक्ष गरेको छ ।

गम्भीर विष्टले नृत्य निर्देशन गरेको भिडियोमा मरिचमान केन्द्रमा छन् । गीतमा वर्षा शिवाकोटी, पूजन घिमिरे ‘पुकु’ र निर्मल शर्माले पनि राम्रो स्थान पाएका छन् ।

प्रतिक्रिया दिनुहोस