काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताएका छन् ।
महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले महान्यायाधिवक्ता कार्यालयले अभियोजनमा सुधार हुँदै गएको र अझै वैज्ञानिक ढंगले अनुसन्धान तथा अभियोजन गर्नुपर्ने बताए।
उनले न्याय सार आदेश र फैसलामा मात्रै नभई कार्यान्वयन महत्त्वपूर्ण विषय भएको तथा न्यायमा सहज पहुँच बनाएमा अभियोजनमा राम्रो हुने स्पष्ट पारे । उनले अहिलेको नागरिक प्रश्न सोध्ने र समाज जवाफ दिने भएकोले यसलाई स्वभाविकरूपमा लिएर अघि बढ्नुपर्ने जरुरी भएको बताए ।
अनुसन्धान सुष्म, गहिरो, प्रभावकारी भएन भने न्याय ठिक ठाउँ नपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले सभ्य समाज निर्णयमा न्यायको दियो प्रज्वलित हुनुपर्ने आवश्यकता औँल्याए ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुनी प्रणालीले विधि र प्रक्रियाअनुसार अनुसन्धानलाई वस्तुनिस्ट, सूक्ष्म तरिकाले गर्दा मात्रै सफल हुने बताए । उनले महान्यायाधिवक्ता कार्यालयको अभियोजन सुधार र व्यावसायिक सफलताको कामनासमेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गरिमा भत्किने गरी समाचार प्रकाशन भए अदालत टुलुटुलु हेरेर बस्दैन : प्रधानन्यायाधीश राउत
अवसर गुम्यो भने देश र जनताको बेहाल हुन्छ : प्रधानन्यायाधीश राउत
इमान, निष्ठा र क्षमताले कार्यसम्पादन गरे न्यायपालिका कहिल्यै बदनाम हुँदैन : प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश राउतसहितको भ्रमण दल बेलायत प्रस्थान