काठमाडौं । गत भदौं २३ र २४ को घटनाबारे दुई वटा आयोगले अनुसन्धान गरिरहेको छ । राष्ट्रिय मानव अधिकार आयोग र जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोग दुवैले आ आफनो ढंगले छानबिन-अनुसन्धान गरिरहेको छ ।
दुवै आयोगले उक्त घटना केन्द्रीत रहेर झण्डै १सय ५० जना हाराहारीको बयान लिईसकेको छ । मानव अधिकार अयोगले १४८ जना र जाँचबुझ आयोगले १५० जना आसपासको बयान लिएको जनाएको छ । आइतबार जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकसँग बयान लिने निर्णय लिएको छ । तर पत्राचार गरिसकेको छैन । मानव अधिकार आयोगले भने तत्कालिन गृहमन्त्री रमेश लेखकसँग बयान लिएको छ भने ओलीसँग लिने तयारी गरिरहेको छ ।
दुई आयोगमध्ये मानव अधिकार आयोगका पदाधिकारी ओली आफैं प्रधानमन्त्री हुँदा तत्कालिन संवैधानिक परिषद्का सदस्य रहेका सभामुखलाई बेवास्था गरेर निर्णय लिएका ब्यक्तिहरु छन् । मानव अधिकार अयोगले लिली थापाको संयोजकत्वमा उक्त दुई दिनका घटनाको छानबिन गर्न समिति बनाएको छ ।
उता सुशीला कार्की नेतृत्वको सरकारले पूर्व न्ययाधिस गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । तत्कालिन प्रधानमन्त्री ओलीले दुई आयोगमध्ये मानव अधिकार आयोगप्रति नरम र जाँचबुझ आयोगप्रति गरम नीति लिएका छन् । आफुलाई थुनेपनि, गोली नै ठोकेपनि जाँचबुझ आयोगमा बयान लिन पनि नजाने र बयानै नदिने सार्वजनिक अभिब्यक्ति दिएर ओलीले कडा रवैया देखाएका छन् । तर मानव अधिकार आयोगलाई भने उनले बयानका लागि गरेको पहिलो पत्राचारको जवाफमा समय मिलाएर खबर गर्ने सन्देश पठाएका छन् ।
मानव अधिकार आयोगले ओलीलाई १५ दिन अगाडी नै बयानको आग्रह सहित पत्राचार गरेको थियो । त्यसको प्रत्युक्तर सन्देशमा ओलीले आफु पार्टी महाधिवेशनको कामले ब्यस्त रहेकोले महाधिवेशनपछि समय मिलाएर खबर गर्ने सन्देश पठाएका थिए । तर जाँचबुझ आयोगसँग भने उनले बयान नै नदिने बताईरहेका छन् ।
दुवै आयोगका बारेमा ततकालिन गृहमन्त्रीले भने कुनै टिप्पणी गरेका छैनन । मानव अधिकार अयोगलाई लेखकले पनि पहिला समय मिलाएर खबर गर्ने बताएका थिए भने केही दिन अगाडी बयान दिईसकेका छन् । मानव अधिकार आयोगप्रति नरम देखिएपनि ओलीले त्यहाँ भने बयान दिने नदिने बारेमा कुनै टिप्पणी गरेका छैनन । लेखकले मानव अधिकार आयोगसँग बयान लिईसकेका बेला अब ओलीले के गर्छन् ? खुलेको छैन । ओलीलाई आयोगले एमाले महाधिवेशन अगाडी नै बयान लिन चाहेपनि उनले महाधिवेशन पछि समय मिलाउने बचन दिएका थिए ।
ओलीलाई आयोगले बयानका लागि पत्र पठाईसकेको थियो । अब फेरि पून पत्राचार गर्ने तयारीमा आयोग छ । उता सरकारका तर्फबाट २३ र २४ भदौको घटना छानबिनका लागि बनाएको जाँचबुझ आयोगले पनि आजै पत्राचार गरेपछि भने लेखक र ओलीले के गर्लान् ? चासो त्यसमा पनि छ । ओलीले बयान नै नदिने बताईरहेका बेला बयान नदिए ओलीमाथी सरकार वा आयोगले के गर्ला ? चासो बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली