जनकपुर । मधेस प्रदेश सभाको सभामुखका लागि दुई जना सांसदले उम्मेदवारी दर्ता गराएका छन्।
सत्तारुढ ७ दलीय गठबन्धनको तर्फबाट जसपा नेपालका रामअशिष यादव र नेकपा (एमाले) का त्रिलोकी प्रसादले सभामुखका लागि उम्मेदवारी दर्ता गराएको प्रदेश सभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिए। शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो।
जसपा नेपालको प्रमुख सचेतकसमेत रहेका यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा (माओवादी केन्द्र) का फकिरा महतो समर्थक रहेका छन्। सभामुखमा उम्मेदवारी दर्ताअघि बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई सर्वसम्मत रूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो।
त्यस्तै, त्रिलोकी प्रसादको उम्मेदवारीमा एमालेकी प्रदेश सभा सदस्य शारदादेवी थापा प्रस्तावक र जयचन्द्रप्रसाद पटेल समर्थक रहेका छन्।
सभामुखका लागि उम्मेदवारी दर्ताअघि बसेको एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो।मधेस प्रदेश सभाका सभामुखका लागि आइतबार निर्वाचन तोकिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०८२, ०६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देश बनाउने हुटहुटीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड मिल्नुपर्छ : सभामुख
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्