काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई नेपाली जनताले बहुमत दिनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभामा बोल्दै उनले यस्तो बताएका हुन् । सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टी जनताको सपना साकार पार्ने अभियानमा छ कि छैन ? भन्नेकुराको अग्नी परीक्षामा सहभागी हुन पनि आगामी निर्वाचनमा जनताले बहुमत दिएर जनताको सेवा गर्ने अवसर प्रदान गर्नुपर्ने जिकिर गरे ।
नेपाली जनताले आगामी निर्वाचनमा बहुमत दिए आफूहरूले जनताको सपना साकार पार्ने सहसंयोजक नेपालको दाबी थियो । उनले आफूहरूले इमान्दारिता, देशभक्ति र जनताको भावनाअनुसार अघि बढ्ने संकल्प लिएकोसमेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०८२, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह