रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति

सफल खबर संवाददाता

शनिबार, ०५ पुस २०८२, १३ : ३५
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति

काठमाडौँ। मधेश प्रदेशको सभामुख रामआशिष यादवलाई बनाउने सहमति भएको छ ।

 मधेश प्रदेशका सत्तारुढ दलको बैठकले जसपा नेपालका सांसद यादवलाई सभामुख बनाउने सहमति गरेको हो ।

नेता सरोज यादवले सभामुखका लागि यादवको नाम टुंगो लागेको जानकारी दिए ।

मधेशमा आइतबार सभामुखको निर्वाचन हुँदैछ । मधेशमा रिक्त सभामुख पदका लागि आज मनोनयन दर्ता गर्ने तालिका छ ।

सभामुखका उम्मेदवार यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बा दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस