मधेश सरकारबाट कांग्रेसको समर्थन फिर्ता

सफल खबर संवाददाता

बुधबार, ०८ असोज २०८२, १२ : ५०
मधेश सरकारबाट कांग्रेसको समर्थन फिर्ता

काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए।

कांग्रेस प्रदेश सांसद अन्जना पण्डितले कांग्रेस संसदीय दलको बैठकले समर्थन फिर्ता लिने र नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय समेत गरेको जानकारी दिइन् ।

गत भदौ २४ गते जीनजी आन्दोलनको क्रममा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका थिए। तर फेरि कुरा फेरेपछि जनमतले सरकारमा रहेका आफ्ना मुख्यमन्त्री सहित दुई मन्त्रीलाई फिर्ता र समर्थन फिर्ता लिएको पत्र मधेश प्रदेश सभामा भदौ ३१ गते बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस