काठमाडौँ । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ । आज ४ बजे समर्थन लिएको पत्र प्रदेश प्रमुख समक्ष बुझाउने एमालेका प्रमुख सचेतक हरिनारायण महत्त्वले जानकारी दिएका छन् ।
मुख्यमन्त्री सतिश कुमार सिंहले जेनजीको आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरे पनि पछि पछाडि हटे । उनले संसद् फेस गर्ने अडान लिएका छन् ।
जनमत संसदीय दलको निर्देशन नटेरेपछि जनमतले समेत प्रदेश प्रमुख र सभामुख रामचन्द्र मण्डललाई समर्थन फिर्ता र सरकारबाट बाहिरिएको पत्र भदौ ३१ गते नै बुझाइसकेको छ ।
एक साता अगाडि नेपाली काँग्रेसले समेत समर्थन फिर्ता लिइसकेको छ ।
२०८१ जेठ २५ मा नेकपा एमालेसहितका दलको समर्थनमा जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असोज २०८२, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
मधेश सरकारबाट कांग्रेसको समर्थन फिर्ता
मधेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट
मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने