चितवनमा उज्यालो नेपाल पार्टीको जिल्ला भेला आज हुँदै

सफल खबर संवाददाता

शनिबार, ०५ पुस २०८२, १० : ५९
चितवनमा उज्यालो नेपाल पार्टीको जिल्ला भेला आज हुँदै

चितवन । उज्जालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज हुने भएको छ ।

भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न उर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ शुक्रबार नै चितवन आइसकेका छन् ।

भरतपुरको केन्द्रीय बसटर्मिनल नजिकै रहेको एक होटलमा आयोजना गरिएको पहिलो जिल्ला भेलालाई केन्द्रीय सदस्यहरु सिता पाण्डे, रिमा विश्वकर्मा र बागमती प्रदेश संयोजक प्रविन तामाङले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सो पार्टीका चितवन जिल्लाका अगुवा भविश्वर चापागाईंका अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट पार्टीको कार्यक्रममा सहभागीहरु आउनेछन् 

 

प्रतिक्रिया दिनुहोस