चितवन । उज्जालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज हुने भएको छ ।
भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न उर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ शुक्रबार नै चितवन आइसकेका छन् ।
भरतपुरको केन्द्रीय बसटर्मिनल नजिकै रहेको एक होटलमा आयोजना गरिएको पहिलो जिल्ला भेलालाई केन्द्रीय सदस्यहरु सिता पाण्डे, रिमा विश्वकर्मा र बागमती प्रदेश संयोजक प्रविन तामाङले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सो पार्टीका चितवन जिल्लाका अगुवा भविश्वर चापागाईंका अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट पार्टीको कार्यक्रममा सहभागीहरु आउनेछन्

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०८२, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उज्यालो नेपाल पार्टीद्वारा इन्धन मूल्यवृद्धिको विरोध, सरकारसमक्ष ६ बुँदे माग
उज्यालो नेपाल पार्टीद्वारा सरकारलाई कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न ध्यानाकर्षण
उज्यालो नेपाल पार्टीले गठन गर्यो १४ सदस्यीय सचिवालय
उज्यालो नेपाल पार्टीद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक
महावीर पुनलाई समर्थन गर्ने उज्यालो नेपाल पार्टीको निर्णय
कुलमानकै उपस्थितिमा आज घोषणा सभा गर्दै उज्यालो नेपाल पार्टी