उज्यालो नेपाल पार्टीले गठन गर्‍यो १४ सदस्यीय सचिवालय

सफल खबर संवाददाता

शनिबार, ०७ चैत्र २०८२, ०८ : ४८
उज्यालो नेपाल पार्टीले गठन गर्‍यो १४ सदस्यीय सचिवालय

काठमाडौँ । उज्यालो नेपाल पार्टीको सचिवालय गठन भएको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय गठन गरेको हो । 

पार्टीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । जसमा अध्यक्ष, वरिष्ठ नेता, एकजना महिलासहित दुई जना उपाध्यक्ष, महासचिव, एकजना महिलासहित दुईजना उपमहासचिव, तीनजना महिलासहित सातजना सचिव र एकजना कोषाध्यक्ष हुन्छन् ।

शुक्रबारको बैठकले भने ९ सदस्यको मात्रै टुङ्गो लगाएको छ  । जस अनुसार अध्यक्षमा कुलमान घिसिङ, वरिष्ठ नेतामा अनुप कुमार उपाध्याय, उपाध्यक्षमा प्राडा महेन्द्र लावती, महासचिवमा धर्म बहादुर चौधरी रहेका छन् ।त्यस्तै, सचिवहरूमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का तथा कोषाध्यक्षमा भगवती कक्षपतिलाई चयन गरिएको छ । 

यीबाहेक पार्टीको प्रवक्तामा श्री गुरुङ, सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्यसचिवमा राजु थापालाई चयन गर्दै सचिवालयमा ल्याइएको छ ।

अब एकजना उपाध्यक्ष, दुईजना उपमहासचिव र तीनजना सचिव पद रिक्त छ । मुख्यसचिव र प्रवक्ता भने विधानमा उल्लेख छैन ।

प्रतिक्रिया दिनुहोस