एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा आफ्ना सबै सैन्य उद्देश्यहरू हासिल गरेरै छाड्ने बताएका छन् ।
चार घण्टाभन्दा बढी समय चलेको पत्रकार सम्मेलनमा उनले रुसी सेनाले सम्पूर्ण मोर्चामा रणनीतिक लाभ हासिल गरेको बताएका छन् । युक्रेनको सेना हरेक क्षेत्रमा पछि हटिरहेको उनको दाबी छ ।
पुटिनले किभले शान्ति वार्ताका लागि रुसका सर्तहरू नमाने मस्कोले सैन्य बलमार्फत नै आफ्ना लक्ष्य हासिल गर्ने स्पष्ट पारे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको शान्ति योजनामा द्वन्द्वका मूल कारणहरू सम्बोधन गर्न आवश्यक रहेको पुटिनले बताए ।
उनले नेटोका महासचिव मार्क रुट्टेका भनाइहरूलाई बकवास भन्दै अस्वीकार गरे । ट्रम्पको राष्ट्रिय सुरक्षा रणनीतिले रुसलाई प्रत्यक्ष शत्रु नमान्ने बताए ।
पुटिनले युरोपेली नेताहरूले अझै पनि अमेरिकी राजनीतिमा परिवर्तनको आशा गरेको आरोप लगाए ।
युरोपेली संघ (ईयू)ले युक्रेनलाई ९० अर्ब युरो ऋण दिने निर्णयमाथि पनि पुटिनले प्रतिक्रिया जनाए । पुटिनले युक्रेनलाई सहयोगका लागि रुसी सम्पत्तिको कुनै पनि प्रयोग डकैती जस्तै हुने बताए । उनले यस्तो कदमले लगानीकर्ताहरूको विश्वास भत्किने र युरो क्षेत्रको विश्वसनीयतालाई ठूलो क्षति पुर्याउने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०८२, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध अन्त्यका लागि पुटिनलाई जेलन्स्कीको खुला पत्र: प्रत्यक्ष वार्ताको प्रस्ताव
पुटिनसँग आसियान शिखर भेट
भिक्ट्री डे परेडमा पुटिनले भने- युक्रेनसँग न्यायसंगत युद्ध लड्दैछौं
मस्को सधैँ तेहरानको वफादार साथी रहन्छ : पुटिन
युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
युवा वैज्ञानिकहरूलाई पुटिनले दिए राष्ट्रपति पुरस्कार