उदयपुर । उदयपुरमा गएराति धारिलो हतियार प्रहार गरेर दाजुले भाइको हत्या गरेका छन् ।
त्रियुगा नगरपालिका १ स्थितमा वर्ष ४३ का युवराज राईले आफ्नै ३० वर्षीय भाइ धर्मराज राईलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका हुन् ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएकोमा राति २ बजे मृत्यु भएको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा दाजुले आमालाई कुटपिट गरेको विषयमा वादविवाद हुँदा आफ्नै दाजुले धारिलो हतियारले शरीरको विभिन्न स्थानमा प्रहार गरी फरार रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०८२, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या