रिहा पछि आज चितवनबासीलाइ ‘विशेष सम्बोधन’ गर्दै रवि लामिछाने

सफल खबर संवाददाता

शनिबार, ०५ पुस २०८२, ०८ : १३
रिहा पछि आज चितवनबासीलाइ ‘विशेष सम्बोधन’ गर्दै रवि लामिछाने

काठमाडौ । धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज चितवनबासी माझ पहिलोपटक राजनीतिक सम्बोधन गर्ने भएका छन्।

रास्वपा प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार लामिछानले आज बिहान ११ बजे चितवनको भतरपुरस्थित चौबीसकोटीमा सम्बोधन गर्ने भएका हुन् । झाले भनेका छन्, ‘सभापति रवि लामिछानेज्यूको विशेष साथै छोटो सम्बोधनको कार्यक्रम छ।’

यसपछि लामिछाने दिउँसो १:५० को बुद्ध एयरको विमानबाट काठमाडौँ आउने जानकारी पनि प्रवक्ता झाले दिएका छन्। 

उनले भनेका छन्, ‘आजै काठमाडौँ आएर जेनजी आन्दोलनका सहिदका परिवार तथा घाइतेहरूलाई भेट्न सुरुवात गर्ने कार्यक्रम पनि छ।’

प्रतिक्रिया दिनुहोस