काठमाडौ । धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज चितवनबासी माझ पहिलोपटक राजनीतिक सम्बोधन गर्ने भएका छन्।
रास्वपा प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार लामिछानले आज बिहान ११ बजे चितवनको भतरपुरस्थित चौबीसकोटीमा सम्बोधन गर्ने भएका हुन् । झाले भनेका छन्, ‘सभापति रवि लामिछानेज्यूको विशेष साथै छोटो सम्बोधनको कार्यक्रम छ।’
यसपछि लामिछाने दिउँसो १:५० को बुद्ध एयरको विमानबाट काठमाडौँ आउने जानकारी पनि प्रवक्ता झाले दिएका छन्।
उनले भनेका छन्, ‘आजै काठमाडौँ आएर जेनजी आन्दोलनका सहिदका परिवार तथा घाइतेहरूलाई भेट्न सुरुवात गर्ने कार्यक्रम पनि छ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०८२, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने