काठमाडौ । सचिव पदमा पराजित भएका एमाले नेता गोकुल बास्कोटाले आफ्नो भूमिका अब पार्टीमा कमजोर बनेको प्रतिक्रिया दिएका छन्।
एमाले ११ औँ महाधिवेशनमा बास्कोटा ईश्वर पोखरेल प्यानबाट सचिव पदका उम्मेदवार थिए। तर, एमालेको विधानअनुसार विजयी हुने नौजना सचिवभित्र उनी परेनन्। २० जना सचिवका उम्मेदवारमा उनी १० नम्बरमा परे।
सचिवमा पराजित भए पनि बास्कोटा एमाले केन्द्रीय सदस्यमा भने विजयी भएका छन्।
सचिवमा पराजित भएसँगै उनले फेसबुकमा व्यङ्ग्यात्मक प्रतिक्रिया दिँदै लेखेका छन्, ‘भनेकै थिएँ– जिते चलाउने, हारे सघाउने। खाल हारियो, च्याँखे जितियो। अब लाए अराएको गर्ने, नलाए सुन्ने, हेर्ने र ताली बजाउने। तर कुनै फुर्लुङमा तरुवा र सुरुवा बन्न नजाने केही छ अब थप?’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०८२, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा