अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन

सफल खबर संवाददाता

शुक्रबार, ०४ पुस २०८२, १३ : १०
अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले जेन जेड आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन गरेका छन् ।

तोडफोड र आगजनी भएको एक सय दिनपछि क्षतिग्रस्त उपमहानगरपालिका कार्यालय भवनको स्थलगत अवलोकन गर्न पुगेका अर्थमन्त्री खनालले भवन मर्मतका लागि संघ सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् ।

क्षतिग्रस्त कार्यालय भवन मर्मत सम्भार सम्बन्धी फाइल बिहीबार मात्रै आफ्नो टेबुलमा आएको भन्दै उनले फाइल हेरेर आवश्यक निर्णय लिने बताएका छन् ।

त्यसक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खिलराज पाण्डेयले सामान्य मर्मतले मात्रै कार्यालयको सेवा प्रवाह गर्न सम्भव नभएकोले संघ सरकारको सहयोग जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस