काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजना मात्र रोकिएको बताएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद भुवनबहादुर सुनुवारको प्रश्नको जवाफ दिँदै उनले बजेटीय दबाब र प्राथमिकता पुनसंरचनाका कारण यस्तो निर्णय गर्नुपरेको स्पष्ट पारेका हुन् ।
उनले आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण,सार्वजनिक सेवा पुनः सञ्चालन, राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोतको व्यवस्थापन, चालु तथा महत्त्वपूर्ण आयोजनामा कम विनियोजनका कारण सिर्जित दायित्व भुक्तानी, आर्थिक पुनरुत्थान तथा घाइते र सहिद परिवारलाई राहत उपलब्ध गराउने दायित्वले बजेटमा चाप परेको सभालाई जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ माघ २०८२, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री खनाल मन्त्रालयका काममा सहभागी नहुने
संविधानअनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्छ’ : अर्थमन्त्री खनाल
अर्थमन्त्री खनालद्वारा कूटनीतिक राहदानी फिर्ता
निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्री खनालको प्रतिबद्धता
निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्री खनालको आग्रह
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गर्नुपर्नेमा अर्थमन्त्री खनालको जोड