काठमाडौ । सुनको मूल्यले लगातार रेकर्ड ब्रेक गर्न थालेको छ। तोलामा एक हजार नौसय रुपैयाँ बढेर सुनको भाउ आज पनि हालसम्मकै सबैभन्दा महँगो बनेको हो।
सुनको मूल्य आज तोलाको दुई लाख ६० हजार सातसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनले अहिलेसम्मकै महँगो बनेको हो।
हिजो प्रतितोला २२ सय रुपैयाँ बढेर सुनको मूल्य दुई लाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला ४५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार आठसय ७० पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?