काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार ५०० रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक गजुरेललाई ठमेलबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार गजुरेलले यही शुक्रबार राति काठमाडौंको सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तल्लामा रहेको नेपाल होलिडे टे«क एण्ड ट्राभल्सको कार्यालयबाट चोरी गरेको पाइएको छ ।
गजुरेलले काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित राज फाइनान्सबाट पनि यही मङ्सिर २४ गते चोरी गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले आरोपी गजुरेलबाट नगदसहित खैरो रङको व्याग, चोरी गर्दा प्रयोग गरेको हरियो रङ्को हुडी, क्यानन क्यामेरा, हार्ड ड्राइभलगायतका सामग्री बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०८२, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखराबाट अनलाइन सट्टेबाजी सञ्चालन गर्ने गिरोहका ८ सदस्य पक्राउ, २० करोडभन्दा बढीको कारोबार
काठमाडौँबाट ७२ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित दुई पक्राउ
कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ