अब चुनाव नलड्ने भन्दै एमाले केन्द्रीय सदस्य भूपेन्द्र थापाले गरे सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा

सफल खबर संवाददाता

शुक्रबार, २६ मंसिर २०८२, १५ : २१
अब चुनाव नलड्ने भन्दै एमाले केन्द्रीय सदस्य भूपेन्द्र थापाले गरे सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद भूपेन्द्रबहादुर थापाले ११ औँ महाधिवेशनपछि आफू सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन् ।

थापाले वक्तव्यमा भनेका छन्, ‘यो पार्टीबाट मलाई जिल्ला विकास समितिको उपसभापति,प्रतिनिधि सभा सदस्य जस्ता जिम्मेवारी दिएर समाज, जिल्ला र मुलुकको सेवा गर्ने मौका प्राप्त भयो । यस अवसरका लागि पार्टीका आदरणीय नेता कमरेडहरू,कार्यकर्ता कमरेडहरू म्याग्दीका आम जनसमुदायलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मेरो पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा रहन नसक्ने जानकारी गराउन चाहन्छु । साथै सदैव आन्दोलनप्रतिको निष्ठा र इमानमा कुनै कमी रहने छैन’ 

प्रतिक्रिया दिनुहोस