काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत क्षेत्रमा बजेट घटेको बताएका छन् ।
काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो नभएको बताएका हुन् ।
देशको समग्र राजस्व संरचनामा वृद्धि भए पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट घटेको उनको भनाइ छ ।
स्वास्थ्य क्षेत्रमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सरकारी संयन्त्रबीच आवश्यक सहकार्य नभएको कारण बजेट घटेको हुनसक्ने बताए । यसलाई एक पटकमा सुधार गर्न नसकिने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०८२, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गर्नुपर्नेमा अर्थमन्त्री खनालको जोड
‘नगद कारोबार सीमित गर्दै वित्तीय पारदर्शिता बढाउने सरकारको नीति’ : अर्थमन्त्री खनाल
‘निर्धारित मितिमै निर्वाचन हुन्छ’ : अर्थमन्त्री खनाल
अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ: अर्थमन्त्री खनाल
अर्थमन्त्री खनाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता