काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले प्रतिनिधिहरूको विवरण अध्यावधिक गरिरहेको जनाइएको छ ।
विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनीत हुने छन् । मनोनीतसहित प्रतिनिधिको सङ्ख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिए ।
बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य सहभागी हुने पाउने हुँदा प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा दुई हजार ६१३ सहभागी हुनेछन् । ती सबैका लागि यही मङ्सिर २५ गतेभित्र परिचयपत्र छपाइ सकिने तयारी गरिएको सो पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ मंसिर २०८२, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत