काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले गत भदौं २३ र २४ को जेनजी पुस्ताको आन्दोलन र उनीहरुका मागलाई अराजकता र प्रतिगमनको संज्ञा दिएपनि पार्टीभित्रै त्यसको प्रतिवाद शुरु भएको छ ।
बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले ओलीको निश्कर्षलाई चुनौती दिने गरी अध्यक्ष ओलीले जेन जी पुस्ताको आन्दोलनलाई प्रतिगमनको संज्ञा दिएको व्याख्याको लिखित रुपमै शसक्त प्रतिवाद गरेको हो ।
पोखरेल लगायत नेताहरुले यसबारेमा आफनो अवधारणा पत्र सार्वजनिक समेत गरेका छन् । पत्र सार्वजनिक गरेपछि उनीहरूले यसलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा दर्ता समेत गरेका छन् । उनीहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुरक्षित गर्न संरचनागत सुधारको माग राखेका छन् ।
प्रधानमन्त्रीको कुर्शी छोडेर बालुवाटारबाट सेनाको हेलिकप्टरबाट समेत भाग्नुपर्ने अवस्थामा आएको बारेमा छलफल समेत पार्टीभित्र गराउन चाहादैनन । उनी यसलाई बाह्य शक्तिको चलखेल र अराजकता भएको बताएर उम्कने कोसिसमा छन् । तर पोखरेल पक्षले भने यसबारेमा समीक्षा गरेर बाह्य पक्ष नै भएपनि त्यसको समेत समीक्षा पार्टीमा हुनुपर्ने अडानमा छ ।
ओली स्वयमलाई उक्त अवधारणा पत्र बुझाएर पार्टीको एघारौं महाधिवेशनमा यस बारेमा समीक्षा गर्न आग्रह् गर्ने योजना बनाएर केन्द्रीय कार्यालय पुगेपनि ओली भने कार्यालय नै पुगेनन । त्यसपछि बरिष्ठ उपाध्यक्षसहितको संस्थापन इतर समुहका नेताहरुले महासचिव शंकर पोखरेललाई उक्त पत्र बुझाएर पार्टीभित्र छलफलको माग गरेका छन् ।
ओली तेस्रो कार्यकालका लागि फेरि अध्यक्षमा तेहेरिने तयारीमा छन् । एउटै क्लास दोहोरिएर नपढ्ने बताएका ओली त्यसपछि भने दोहोरिएका मात्र छैनन, तेहेरिने तयारीमा समेत लागेपछि र प्रधानमन्त्रीको कुर्शी छोडेर बालुवाटारबाट सेनाको हेलिकप्टरबाट समेत भाग्नुपर्ने अवस्थामा आएको बारेमा छलफल समेत पार्टीभित्र गराउन चाहादैनन । उनी यसलाई बाह्य शक्तिको चलखेल र अराजकता भएको बताएर उम्कने कोसिसमा छन् । तर पोखरेल पक्षले भने यसबारेमा समीक्षा गरेर बाह्य पक्ष नै भएपनि त्यसको समेत समीक्षा पार्टीमा हुनुपर्ने अडानमा छ ।
पोखरेलले तयार पारेको उक्त समुहको अवधारणा–पत्रको निष्कर्ष सिधा छ, कानुनी तथा संवैधानिक दृष्टिले हेरिँदा, गत भदौं २३ र २४ को जेन जी पुस्ताको आन्दोलनलाई प्रतिगमन भन्न सकिँदैन । बरु यो राज्यले सेवा–डेलिभरीमा असफल भएको, अव्यवस्था र कानूनविहीनताप्रति लगातारको असन्तोष, क्रोधको अभिब्यक्ति थियो । पोखरेल पक्षको व्याख्या ओली र ओली निकट नेताहरुको
व्याख्याभन्दा पूर्णतः भिन्न छ । २३ भदौंमा उत्रिएको जेन जी आन्दोलनले २४ भदौमै ओली नेतृत्वको एमाले–कांग्रेस सरकारलाई पदच्युत गरिदिएको थियो । ओली पक्षले भने जेन जी आन्दोलनलाई प्रतिगमनको संज्ञा दिँदै आएको छ र प्रमाण नदिई “बाह्य हस्तक्षेप” को दाबी पनि गर्दै आएको छ ।
पोखरेलको अवधारणा–पत्रले २४ भदौंको प्रदर्शनहरू हिंसात्मक र विनाशकारी भएको स्वीकार गरेको छ । ‘त्यो अव्यवस्थित व्यवहारले हाम्रो सामूहिक मनोविज्ञान र इतिहासमै गहिरो घाउ छाडेको छ,” पत्रमा उल्लेख छ, ‘यो आन्दोलन र त्यसपछिका विनाशकारी घटनापछि दुई प्रकारका चरमवादी धारणा सतहमा आएका छन् ।’
पत्रले पार्टी स्थापनापक्ष (ओली पक्ष) को कथनलाई पनि चरमपन्थी धारणा नै करार गरेको छ । पत्रमा भनिएको छ—‘हाम्रो सबै काम ठिकै थियो, आर्थिक सूचकहरू उकासिँदै थिए, भौतिक निर्माण तीव्र गतिमा भइरहेको थियो भन्ने दाबी यथार्थपरक होइन । आजका सबै उपलब्धिहरू हाम्रो मात्र कामको परिणाम हुन् भन्ने दाबी भ्रामक र सरलीकृत हो ।’ पत्रमा थप भनिएको छ, ‘हालको अवस्थाको आलोचनात्मक मूल्यांकन र ऐतिहासिक यथार्थको बोध नगरी भविष्यको सही बाटो कोर्न सकिँदैन ।’
‘हाम्रो सबै काम ठिकै थियो’ भन्नु स्थायित्व होइन, पतनको सुरुवात हो । गत भदौं २३र २४ को घटनालाई तथ्य र वस्तुगत रूपमा मूल्यांकन गर्नुपर्छ र दोषीहरूविरुद्ध कानुनी कारबाही हुनुपर्छ,’ पोखरेलको अवधारणा–पत्रले भनेको छ ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि ओलीको नेतृत्वले पार्टीभित्र व्यक्तिवाद बढाएको आरोप लगाए । उनले भने, ‘ओलीको नेतृत्वमा एमाले “व्यक्ति–केन्द्रित संगठन” बन्ने खतरा बढेको छ, जहाँ निर्णय केही व्यक्तिहरूमा मात्रै सीमित हुन्छन् ।’
उनका अनुसार आन्तरिक लोकतन्त्र जोगाउन गम्भीर सुधार अत्यावश्यक छ । ‘यो लोकतान्त्रिक पार्टी व्यक्तिवादी बन्दै गएको छ,’ पाण्डेले भने, ‘यसले जनआधार संकुचित गर्दैछ ।’ ओली प्रवृत्तिले नयाँ पुस्तालाई पार्टीप्रति आकर्षित हुन नदिएको आरोप पनि संस्थापन इतर पक्षको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ मंसिर २०८२, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम
केपी ओलीले किन दिईरहेका छन् जाँचबुझ आयोग नटेर्ने धम्की ?