एजेन्सी । थाइल्यान्डसँग जारी सैन्य झडपका बीच कम्बोडियाले तत्काल युद्धविरामको माग गरेको छ।
संयुक्त राष्ट्रसंघका लागि कम्बोडियाका राजदूत छिया केओले आफ्नो देशले 'नि:सर्त' द्वन्द्वको अन्त्यको माग गर्ने बताएका छन्।
उनले अगाडि भनेका छन्, ‘हाम्रो देश 'यस विवादको शान्तिपूर्ण समाधान' चाहन्छ।’यद्यपि थाइल्यान्डले कम्बोडियाको प्रस्तावमा अहिलेसम्म सार्वजनिक रूपमा टिप्पणी गरेको छैन।
यसअघि थाइल्यान्डले कम्बोडियासँग सीमा जोडिएका आठ जिल्लामा मार्सल ल घोषणा गरेको थियो।
बिहीबारदेखि दुई देशबीच झडप भइरहेको हो। जसमा हालसम्म कम्तीमा १६ जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।
थाइल्यान्ड र कम्बोडियाले एकअर्कालाई पहिले गोलाबारी गरेको आरोप लगाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ साउन २०८२, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
थाइल्यान्ड–कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु
थाइल्यान्डद्वारा कम्बोडियामाथि हवाई आक्रमण सुरु
थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमानको मुद्दामा निर्दोष
थाइल्यान्डमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु