काठमाडौँ । भारतले तेस्रो तथा अन्तिम वान डेमा शनिबार दक्षिण अफ्रिकालाई सजिलै नौ विकेटले पराजित गरेको छ । भारतका लागि ओपनर यशस्वी जयसवालले १ सय १६ रनको अविजित पारी खेलेसँगै एकपक्षीय जित निकालेको भारतले तीन खेलको वान डे सिरिज २–१ ले जितेको हो ।
विशाखापट्नममा भएको खेलमा भारतले २ सय ७१ रनको लक्ष्य एक विकेट मात्रै गुमाएर ३९.५ ओभरमै प्राप्त गरेको थियो । भारतका लागि ओपनर यशस्वी जयसवालले १ सय १६ रन बनाएर नटआउट रहे ।
उनले पहिलो विकेटका लागि रोहित शर्मासँग १ सय ५५ रनको साझेदारी गरे । रोहित ७५ रन बनाएर आउट भए । त्यसपछि विराट कोहलीले नटआउट ६५ रन थपे ।
त्यसअगाडि दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ४७.५ ओभरमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । त्यसमा ओपनर क्विन्टन डी ककले १ सय ६ रनको शतकीय इनिङ्स खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?