काठमाडौँ । भारतले तेस्रो तथा अन्तिम वान डेमा शनिबार दक्षिण अफ्रिकालाई सजिलै नौ विकेटले पराजित गरेको छ । भारतका लागि ओपनर यशस्वी जयसवालले १ सय १६ रनको अविजित पारी खेलेसँगै एकपक्षीय जित निकालेको भारतले तीन खेलको वान डे सिरिज २–१ ले जितेको हो ।
विशाखापट्नममा भएको खेलमा भारतले २ सय ७१ रनको लक्ष्य एक विकेट मात्रै गुमाएर ३९.५ ओभरमै प्राप्त गरेको थियो । भारतका लागि ओपनर यशस्वी जयसवालले १ सय १६ रन बनाएर नटआउट रहे ।
उनले पहिलो विकेटका लागि रोहित शर्मासँग १ सय ५५ रनको साझेदारी गरे । रोहित ७५ रन बनाएर आउट भए । त्यसपछि विराट कोहलीले नटआउट ६५ रन थपे ।
त्यसअगाडि दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ४७.५ ओभरमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । त्यसमा ओपनर क्विन्टन डी ककले १ सय ६ रनको शतकीय इनिङ्स खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै