काठमाडौं । नेकपा एमालेले महाधिवेशन उद्घाठन शत्रमा देशभरबाट मान्छे उतार्ने भएको छ । त्यसका लागि उसले ब्यापक तयारी गरेको छ ।
अहिलेसम्म कुनै पनि राजनीतिक दलले उतार्न नसकेको जनमानस त्यसदिन काठमाडौं उपत्यकामा उतार्ने र ओली नेतृत्वको सरकार अपदस्थ गर्न भएको जेनजी विद्रोहलाई प्रतिक्रान्तिको संज्ञा दिँदै त्यसविरुद्द एमालेको शक्ति प्रर्दशन देखाउने क्लाइमेक्स बनाउने जिकिर गरेको छ ।
एमालेले २७ मंसिर देखि २९ मंसिरसम्म पार्टीको एघारौं महाधिवेशन आयोजना गदैछ । अध्यक्ष केपी ओली यो महाधिवेशनबाट फेरि तेहेरिएर अध्यक्ष हुन चाहिरहेका छन् ।
गत भदौं २३ र २४ को जेनजी आन्दोलनपछि एमाले अन्य राजनीतिक दलको तुलनामा आक्रमणको तारो बनेको थियो । त्यसबेला एमाले अध्यक्ष ओली नै सरकारको नेतृत्वमा रहेका कारण पनि एमालेमाथीको आक्रमण बढृेको थियो ।
जेनजी विद्रोहपछि थला परेको एमालेले महाधिवेशनलाई शक्ति प्रर्दशन गर्ने थलोको रुपमा देखाउन चाहेको छ । त्यसका लागि उसले देशैभर ब्यापक तयारी मात्रै गरेको छैन, कसरी काठमाडौंमा शक्ति प्रर्दशन गरेर एमालेप्रति जनताको विश्वास अझ कतिसम्म छ भन्ने देखाउन चाहेको छ । त्यसका लागि उसले कम्तीमा ३ लाख मान्छे उतार्ने गरी तयारी गर्न पार्टी मातहात कमिटिलाई निर्देशन र परिचालन गरेको छ ।
मान्छेको सहभागिताका लागि उसले तीन घेरे रणनीति बनाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पहिलो घेरमा काठमाडौं, ललितपुर र भक्तपुरका मान्छेहरुको सहभागिता गराउने, दोस्रो घेरामा बागमती प्रदेश (उपत्यका आसपासका जिल्लाहरु) का सहभागिता गराउने र तेस्रो घेरामा मधेस र लुम्बिनी प्रदेशलाई बढी भन्दा बढी मानिसहरु एमाले महाधिवेशनको उद्घाटन शत्रमा ल्याउने गरी तारी गरिएको छ ।
पहिलो रिङमा रहेका काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीयका घरघरमा एमालेले स– परिवारनै एक दिन एमालेलाई दिन आग्रह्र गदै निम्तोपत्र दिन थालेको छ । त्यसका लागि एमालेले केपी ओलीको नामकै पत्र बनाएको छ । उक्त पत्र एमालेका नेता कार्यकर्ताले अहिले काठमाडौंका घर घर पुगेर वितरण गरिरहेका छन् ।
त्यस्तै उद्घाटनकै दिन हिड्दा कार्यक्रमको जुलुस निकाल्ने बेला र कार्यक्रम चलिरहेका बेला आउने÷ जाने चलिरहँदा सन्देश राम्रो नजाने भएकोले अघिल्लो रातीसम्म बाहिर जिल्लाबाट आउनेलाई काठमाडौं आईसक्न एमालेले निर्देशनसहितको परिपत्र पठाएको छ । यो खासगरी बागमती प्रदेशका जिल्लाहरु र मधेस तथा गण्डकी प्रदेशसम्मका मानिसलाई निर्देशन गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले भने ।
एमालेले पहिलो घेरामा उपत्यकाका तीन जिल्ल काठमाडौं, भक्तपुर र ललितपुरका मानिसहरुको सहभागिता बढाउन गरिएको छ । त्यस्तै, दोस्रो रिङमा बागमती प्रदेश (उपत्यका आसपासका जिल्लाहरु)लाई राखेर त्यस अनुसारको मान्छे उतार्ने रणनीति एमालेको छ । त्यस्तै तेस्रो रिङमा मधेस प्रदेश र गण्डकी प्रदेशका मानिसहरु उतार्ने योजना एमालेले बनाएको छ ।
उसले मंसिर २७ गते महाधिवेशन उद्घाटन समारोह अघि तीन ठाँउबाट जुलुस निकाल्ने छ । मुल रयाली भने भक्तपुर गठठाघरबाट निकाल्ने र त्यो रयाली नयाँ ठिमी हुँदै कार्यक्रम स्थल भक्तपुरको सल्लाघारी तिनकुने पुग्ने गरी तयारी एमालेको छ । यस्ता जुलुश ३ किलोमटिरका दुईतिरबाट आउने मुख्य जुलुस हुने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
भक्तपुरको आफ्नो, त्यहाको सहभागिता र एक हदसम्म काभ्रे मण्डनदेउपुर नगरपालिका, त्यसको एउटा हिस्सा भत्तपुर नगरभित्र परिक्रमा गदै बाजागाजा सास्कृतिक झाँकीसहित कार्यक्रम स्थल आईपुग्ने तयारी पनि एमालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले माघ ४ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, के छन् छलफलका एजेन्डा ?
एमालेले सूचना प्रविधि र सामाजिक सञ्जाललाई मुख्य हतियार बनाउने
प्रतिनिधि सभा चुनावका लागि एमालेबाट चितवन-३ मा शंकर थपलिया सिफारिस
केपी ओली र राजेन्द्र लिङ्देनबिच भेटवार्ता