काठमाडौँ। नेकपा एमालेले आगामी महाधिवेशनबाट १० प्रतिशत केन्द्रीय सदस्य युवा छनौट गर्ने तयारी गरेको छ । प्रत्येक निर्वाचन क्षेत्र बाट १ जनागरी १ सय ६५ जना (४० वर्ष मुनिका) युवा महाधिवेशन प्रतिनिधि छनौट भइसकेका छन् ।
युवा क्लस्टर बाहेक खुलाबाट पनि युवा प्रतिनिधि छानिएका छन् । करिब २ सयको हाराहारी युवा प्रतिनिधि छनौट भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार यसपटक केन्द्रीय कमिटीमा युवालाई १० प्रतिशत कोटा सुरक्षित गरिने छ ।
तर, यसको आधिकारिक निर्णय भने महाधिवेशनको हलले नै गर्ने उनले बताए । यसपटक एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय हुनेछ । जसअनुसार १० प्रतिशतले करिब २५ जना युवाले एमालेको केन्द्रीय कमिटी सदस्य बन्ने अवसर पाउनेछन् ।
नेपालका राजनीतिक दलमध्ये कोटा छुट्याएरै पालिकादेखि केन्द्रीय कमिटीमा युवाको प्रतिनिधित्व गराउने एमाले पार्टी बनेको ज्ञवालीले बताए । एमाले यसअघि सेल कमिटीहरूमा एक तिहाइ, वडा कमिटीमा २५, पालिका कमिटीमा २० र जिल्ला कमिटीमा १५ प्रतिशत युवाको प्रतिनिधित्व गराइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पा २ मा एमालेले उम्मेदवार फेरेको फेरयै
काठमाडौंमा आज एमालेको जनप्रदर्शन, जनसभालाई ओलीले सम्बोधन गर्ने
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
पदाधिकारी सुरक्षित गर्ने ओलीको रणनीति
एमाले उम्मेद्वार को कहाँ ?
एमाले सचिवालय बैठक सुरु