काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा गर्ने भएको छ । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज देउखुरीमा सन्देश सभा हुन लागेको हो ।
सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि नेकपाले शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो । घोषित कार्यक्रम अनुसार गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ।
साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा हुनेछ।मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०८२, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यरातमा नेपाली कम्युनिस्ट पार्टीले बुझायो आयोगमा समानुपातिक सूची
सरकारी टोलीद्वारा नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन
विराटनगरमा आज नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने
एमाले केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
थप कागजात लिएर नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पुगे निर्वाचन आयोग
नेपाली कम्युनिस्ट पार्टी गठनबारे आयोगलाई जानकारी