काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन एमाले नेताहरूलाई आग्रह गरेकी छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै निर्वाचन गर्न सरकार गम्भीर भएर लागेको भन्दै निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन आग्रह गरेकी हुन् ।
प्रधानमन्त्रीको आग्रहमा एमाले नेताहरूले निर्वाचनको उचित वातावरण बने आफूहरू भाग लिन तयार रहेको बताएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए । उनले लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन्त बनाउन लामो समय सङ्घर्ष गरेको पार्टी जनताका बीचमा परीक्षण हुने कुरामा कहिल्यै विरोध नगर्ने जवाफ दिएको बताए ।
उनले चुनावका लागि आफूहरूले वातावरण खोजिरहेको भन्दै सरकारले सुरक्षा लगायतका विषयमा गम्भीर भएर काम गर्नुपर्ने बताए । उनले संसद् पुनस्थापनाका विषयमा अदालतले संवैधानिक परीक्षणको बाटो टुङ्ग्याएपछि सबै विषय निर्धारण हुने जिकिर गरे ।
छलफलपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीले औपचारिक रुपमा निर्वाचनमा सहभागी हुन आग्रह गरेको जानकारी दिए । एमाले नेताहरूले आफूहरू निर्वाचनबाट नभाग्ने र सरकारले निष्पक्ष रुपमा निर्वाचन गर्ने वातावरण बनाए भाग लिने बताएको खरेलले बताए । उनले चूनावका सन्दर्भमा देखिएका आशंकाहरु एमाले नेताहरूसँग भेटेपछि धेरै कम भएको महसुस भएको उल्लेख गरे ।
छलफलमा एमालेका तर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०८२, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह