१४ निर्माण कम्पनीसँग स्पष्टीकरण माग

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०८२, ०७ : ३९
१४ निर्माण कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढेको भन्दै १४ निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ। 

सम्बन्धित सार्वजनिक निकायहरूले उनीहरूलाई कालोसूचीमा राख्न माग गर्दै कार्यालयमा पठाएका पत्रका आधारमा यो प्रक्रिया सुरु गरिएको बिहीबार जारी सूचनामा उल्लेख छ । 

कार्यालयले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४९ (४क) बमोजिम सूचना प्रकाशन गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस