काठमाडौ । नेकपा एमालेले ११ औँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा गर्ने भएको छ। एमाले महाधिवेशन यही मंसिर २६ गते हुँदैछ। महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा गर्ने निर्णय एमालेले गरेको छ।
महाधिवेशन तयारी सचिवालयको आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले महाधिवेशन हुने स्थान र मुख्य नारा तय गरेको एमाले नेता डा.भिष्म अधिकारीले जानकारी दिए।
एमाले गएको भदौमा सम्पन्न विधान महाधिवेशनको नारालाई नै महाधिवेशनको नारा बनाउने निर्णय गरेको छ। महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय भएको अधिकारीले बताए।
बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह