काठमाडौ । नेकपा एमालेले ११ औँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा गर्ने भएको छ। एमाले महाधिवेशन यही मंसिर २६ गते हुँदैछ। महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा गर्ने निर्णय एमालेले गरेको छ।
महाधिवेशन तयारी सचिवालयको आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले महाधिवेशन हुने स्थान र मुख्य नारा तय गरेको एमाले नेता डा.भिष्म अधिकारीले जानकारी दिए।
एमाले गएको भदौमा सम्पन्न विधान महाधिवेशनको नारालाई नै महाधिवेशनको नारा बनाउने निर्णय गरेको छ। महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय भएको अधिकारीले बताए।
बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पा २ मा एमालेले उम्मेदवार फेरेको फेरयै
काठमाडौंमा आज एमालेको जनप्रदर्शन, जनसभालाई ओलीले सम्बोधन गर्ने
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
पदाधिकारी सुरक्षित गर्ने ओलीको रणनीति
एमाले उम्मेद्वार को कहाँ ?
एमाले सचिवालय बैठक सुरु