काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज सकिँदै छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही मंसिर १ देखि आज (मंसिर १० गते) सम्मको समय दिएको थियो ।
आयोगका अनुसार मङ्गलबारसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत ८० वटा दलले निर्वाचनका लागि दल दर्ता गरेका छन् ।
निर्वाचन आयोगमा पुराना र नयाँ गरी १३५ दल दर्ता भएका छन् । यसमध्ये निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलले मात्रै आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन पाउने छन् ।
आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको मंसिर ११ देखि १८ गतेसम्म छानबिन र रुजु गरी मंसिर २० गते स्वीकृत भएका दलहरूको नामावली प्रकाशन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन ४३ दिन बाँकी : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
उम्मेदवार मनोनयन आज: मनोनयनका लागि यी कागजात आवश्यक
प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू
निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह
निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो
निर्वाचन ४७ दिन बाँकी: निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवा प्रदायक संस्था सूचीकृत