काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज सकिँदै छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही मंसिर १ देखि आज (मंसिर १० गते) सम्मको समय दिएको थियो ।
आयोगका अनुसार मङ्गलबारसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत ८० वटा दलले निर्वाचनका लागि दल दर्ता गरेका छन् ।
निर्वाचन आयोगमा पुराना र नयाँ गरी १३५ दल दर्ता भएका छन् । यसमध्ये निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलले मात्रै आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन पाउने छन् ।
आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको मंसिर ११ देखि १८ गतेसम्म छानबिन र रुजु गरी मंसिर २० गते स्वीकृत भएका दलहरूको नामावली प्रकाशन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज
निर्वाचन आचार उल्लंघनसम्बन्धी अभियोगमा ३२ जना प्रहरी नियन्त्रणमा
प्रतिनिधिसभा निर्वाचन: मौन अवधि सुरु, प्रचारप्रसारमा पूर्ण रोक