टी–२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग (तालिका सहित)

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०८२, ०७ : ०८
टी–२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग (तालिका सहित)

काठमाडौं । आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार, नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने भएको छ । खेल फेब्रुअरी ८ मा हुनेछ ।

नेपालले दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो वेस्ट इन्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले तेस्रोपटक विश्वकप खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस