काठमाडौ । नेकपा (एमाले)ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।
उनका अनुसार निर्वाचन आयोगमा दर्ता हुनेमा एमाले ६६ औँ नम्बरमा रहेको छ ।
एमालेले सरकार गठन प्रक्रियाको विरोध र संसद पुनर्स्थापनाको माग राखेर चुनावमा नजाने बताउँदै आएको थियो । तर, अन्तिम समयमा आएर एमाले दल दर्ता गरेको हो ।
दल दर्ताको लागि भोलिसम्मको म्याद तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पा २ मा एमालेले उम्मेदवार फेरेको फेरयै
काठमाडौंमा आज एमालेको जनप्रदर्शन, जनसभालाई ओलीले सम्बोधन गर्ने
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
पदाधिकारी सुरक्षित गर्ने ओलीको रणनीति
एमाले उम्मेद्वार को कहाँ ?
एमाले सचिवालय बैठक सुरु