काठमाडौ । नेकपा (एमाले) प्रतिनिधि बन्न उम्मेदवारीका लागि १० हजार रुपैयाँ शुल्क तोकेको पाइएपछि केन्द्रीय संगठन विभागले आवश्यक कदम चालेको छ ।
विभागले महाधिवेशन प्रतिनिधि छनोटबारे पाँच बुँदे निर्देशन जारी गरेको हो। नुवाकोट जिल्लाले १० हजार शुल्क तोकेको पाइएको थियो । अब निर्णयअनुसार शुल्क सीमा घटाउँदै बढीमा एक हजार रुपैयाँ मात्र निर्धारण गरिएको विभाग प्रमुख काशिनाथ अधिकारीले जानकारी दिए ।
संगठन विभागले सोमबार राति भर्चुअल बैठक बसेर निर्वाचन प्रक्रियामा प्रवेश गर्नु अघि प्रत्येक निर्वाचन क्षेत्रको अन्तिम मतदाता–सूचि अनिवार्य रूपमा सार्वजनिक गर्न निर्देशनसमेत दिएको छ। कायम भएको मतदाता–सूचिको संख्या तत्काल विभागलाई पठाउन पनि भनिएको छ।
प्रतिनिधि छनोटमा मंसिर १२ गते साँझसम्म सहमति जुटाउन राजनीतिक प्रयास गर्न सुझाइएको छ। सहमति हुन नसके मंसिर १३ भित्र मतदानमार्फत अनिवार्य रूपमा प्रतिनिधि टुंग्याउन निर्देशन गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह